नयाँ वर्ष सगैँ बढ्यो सुनचाँदीको मूल्य

No Images Found

काठमाडौंः नयाँ वर्ष २०७८ को दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चैतको अन्तिम दिन छापावाल सुनको मूल्य ८९ हजार ५ सय रुपैयाँ रहेको थियो ।

यस्तै, तेजाबी सुन आज नेपाली बजारमा प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज नेपाली बजारमा चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।