सांसद झपट रावलको घरमा ढुंगा प्रहार गरेको आरोपमा एक युवक पक्राउ

No Images Found

काठमाडौंः प्रहरीले बिहीबार रामेछाप घर भएका २२ वर्षीय मनोज तामाङलाई सांसद झपट रावल बस्ने गरेको शान्तिनगरस्थित घरमा ढुंगा प्रहार गरेको आरोपमा पक्राउ गरेको छ ।

पौने १२ बजे बुधबार राति रावल बस्ने गरेको घरमा उनले ढुंगा प्रहार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

ढुंगा हान्ने व्यक्ति उनी नै रहेको आशंका गरिएको थियो, घटना स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

प्रहरीका बनुसार तामाङ भक्तपुर बस्दै आएका छन्। उनी रावल बस्ने गरेको घरनजिकै रहेको खाजा घरमा नियमित जाने गर्थे।

सो घर छिर्ने ठाउँमा बढीभन्दा बढी पार्किङ भएर सडक अवरुद्ध भएको भन्दै घरबेटीले मोटरसाइकलको हावा खोलिदिएपछि विवाद भएको बुझिएको छ। त्यही विवादका क्रममा राति मदिरा सेवन गरेर ढुंगा हानेको उनले बताएका छन्।

ढुंगा प्रहारबाट घरको सिसा फुटेको थियो। ढुंगा हानेपछि रावलले प्रहरीलाई खबर गरेका थिए।

ढुंगा प्रहार गर्नुका अन्य कारण पनि छन् कि भनी अनुसन्धान थालिएको महाशाखाले जनाएको छ।

तर, रावलमाथि नै लक्षित गरेर भने ढुंगा नहानेको तामाङले बताएका छन्।