२३ किलो गाँजासहित तीनजना पक्राउ, पक्राउ पर्नेमध्ये दुईजना महिला

No Images Found

काठमाडौंः प्रहरीले हेटौंडाबाट अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार हेटौंडा उपमहानगरपालिका–११ मा बुधबार ना १ ह ९०९९ नम्बरको अटो चेकजाँच गर्नेक्रममा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेपछि अटोसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा अटोचालक हेटौंडा उपमहानगरपालिका–११ का ४० वर्षीय चतुरमान मोक्तान, अटोमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ की ४७ वर्षीया निर्मला तामाङ र सोही ठाउँकी ४७ वर्षीया माया तामाङ रहेका छन् ।

उनीहरुलाई बिहीबार जिल्ला अदालत मकवानपुरबाट लागूऔषध मुद्दामा म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।