२४ घण्टामा ५३४ जनामा कोरोना सङ्क्रमण, ५ जनाको मृत्यु

No Images Found

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८२ हजार ५४ पुगेको छ।

जसमध्ये काठमाडौं जिल्लामा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङमा १३, दाङमा १३, रुपन्देहीमा १६, महोत्तरीमा १० र बाग्लुङमा १० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा १५७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार ६ सय ४ पुगेको छ।

त्यस्तै, कोरोनाको संक्रमणबाट थप पाँच जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६६ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ४३ सय ८४ पुगेको छ ।