क्याम्पसको शौचालयमा शङ्कास्पद बस्तु फेला

No Images Found

हेटौंडा: हेटौंडामा शङ्कास्पद बस्तु फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका ४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट क्याम्पसको शौचालयमा तारसहितको शङ्कास्पद बस्तु भेटिएको हो ।

क्याम्पस गएका विद्यार्थीले शङ्कास्पद बस्तु देखेपछि व्यवस्थापनलाई जानकारी दिएका थिए ।

शंकास्पद बस्तुबारे क्याम्पस व्यवस्थापनले प्रहरीलाई खबर गरेपछि प्रहरी टोलि घटना स्थलमा पुगेको छ ।

कलेज प्राङ्गढमा देखिएको शङ्कास्पद बस्तु डिस्पोज गर्ने तयारी गरिरहेको मकवानपुका प्रहरीले बताएको छ । डिस्पोजका लागि नेपाली सेनाको टोली समेत आइसकेको बताइएको छ ।