बागलुङमा चट्याङ लागेर एकपुरुषको मृत्यु

No Images Found

बागलुङः जील्लाको ताराखोला गाउँपालिकामा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

बिहीबार साँझ हावा हुरी सगैँ परेको चट्याङ लागेर वडा नं २ अर्गलका ४५ वर्षीय खिमानन्द कँडेलको मृत्यु भएको हो।

गोठमा काम गरिरहेका दम्पतीमध्ये पतिलाई चट्याङ लागेको थियो । गम्भीर घाइते कँडेललाई उपचारका लागि धौलागिरि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।