लगनको महिना सुरुभएसँगै ह्वात्तै बढ्यो सुनको भाउ

No Images Found

काठमाडौंः लगनको महिना सुरुभएसँगै सुनको बजार भाउमा पुनः वृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मुल्य ७ सयले रुपैयाँले बढेको छ । बिहीबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ ।

शुक्रबारको सुनको भाउ गत फागुन ११ गते यताकै सबैभन्दा धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजावी सुनको भाउ ९० हजार रुपैयाँ तोकेको छ ।

यसैगरी, हिजो १२ सय ९० रुपैयाँ कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।