निरन्तर उकालो लाग्दै सुनको भाउ

No Images Found

काठमाडौंः पछिल्लो समय निरन्तर बढीरहेको सुनको भाउमा आइतबार पनि वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार सुनको भाउ दुई सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ ।

आज छापावल सुनको प्रति तोला भाउ ९० हजार सात सय रुपैयाँ तोकिएको छ अघिल्लो कारोबार दिन गत शुक्रबार सुनको भाउ सात सय रुपैयाँले बढेर ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको भाउ ९० हजार दुई यस रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।