मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

No Images Found

भक्तपुरः चाँगुनारायण नगरपालिका-७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको छ ।

आफ्नो घर नजीक दुर्घटना भएर आफ्नै मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उनलाई उद्धार गरेका थिए । उपचारका लागि भक्तपुर अस्पताल लगेकामा उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।