जिप दुर्घटना हुदाँ चालक कै ज्यान गयो

No Images Found

तेह्रथुमः जिप दुर्घटनामा परि तेह्रथुममा एक जनाको मृत्यु भएको छ।

तेह्रथुम ७ लाप्छायाङ टोलमा जिप अनियन्त्रित भई आइतबार राति भीरबाट खस्दा जिप चालकको मृत्यु भएको हो।

राति ९ बजे म्याङलुङबाट मोराहाङतर्फ जाँदै गरेको को१ज ३४०९ को जिप आफैं अनियन्त्रित भएर सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिप चालक तेह्रथुम मेन्छायायेम गाउँपालिका ५ का ४६ वर्षीय कृष्ण खापुङ दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।

घाइते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। जिपमा अन्य सवार कोही नभएको पनि प्रहरीले जनाएको छ।