फेरि आकासिदै सुनको भाउ

No Images Found

काठमाडौंः नेपाली बजारमा सोमवार पनि सुनको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. २०० ले बढेको सुनको भाउ सोमवार रू. ३०० ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतवार प्रतितोला रू. एक हजार ३०० मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।