भन्सार एजेन्टको परीक्षा जेठ २२ मा हुने, एकै पटक ६६० जना भन्सार एजेन्ट नियुक्त गर्दै

No Images Found

काठमाडौंः भन्सार विभागका लागि आवेदन दिएका परीक्षार्थीको लिखित परीक्षा आगामी जेठ २२ गतेका लागि निर्धारण गरिएकोे छ । सरकारले एकै पटक ६६० जना भन्सार एजेन्ट नियुक्त गर्दैछ ।

भन्सार विभागले दुई दशक लामो समय पछि पहिलो पटक भन्सार एजेन्ट थप गर्न लागेको हो । भन्सार विभागका अनुसार भन्सार जेठ २२ गते दिउँसो १ बजे हुने लिखित परीक्षाको परीक्षा केन्द्र भने पछि प्रकाशित गरिने छ ।

विभागका अनुसार परीक्षार्थीले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ । भन्सार एजेन्टले विभागको लाइसेन्सबिना काम गर्न पाउँदैनन् । निकासी र पैठारीकर्ताको काम सहजिकरण गर्न भन्सार एजेन्टले काम गर्छन् ।

लिखित परीक्षा र अन्तर्वार्ताबाट पास भएका व्यक्तिले नतिजा प्रकाशन भएको ९० दिन भित्र इजाजतपत्र दस्तुर बापत ७ हजार र धरौटीबापत ७ लाख रुपैयाँ जम्मा गरेपछि इजाजत पाउने भएका छन् ।