भारतको महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा कोरोनाबाट एक जनाको मृत्यु, प्रत्येक घण्टामा हजारभन्दा बढी संक्रमित फेला

No Images Found

एजेन्सीः पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र दरमा वृद्धि हुँदै गइरहेको छ । कोरोनाबाट सर्वाधिक प्रभावित बनेको महाराष्ट्रमा प्रत्येक घण्टा दुई हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ ।

आइतबार महाराष्ट्रमा कोरोनाभाइरसको ६८ हजार ६३१ नयाँ बिरामी थपिएका छन् । हालसम्म महाराष्ट्रमा कोरोनाको कुल ३८ लाख ३९ हजार ३३८ संक्रमित देखा परेका छन् । आइतबार महाराष्ट्रमा कोरोनाका कारण ५०३ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ ।