राष्ट्रपतिद्वारा चालु अधिवेशन अन्त्यको घोषणा

No Images Found

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेकी छिन् । राष्ट्रपतिले सोमबार संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्यको घोषणाका गरेकी हुन् ।

राष्ट्रपतिले सभामुख अग्नि प्रसाद सापकोटालाई प्रेषित गरेको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु।’

प्रतिनिधिसभा पुनःस्थापना भएपछि गत फागुन २३ गतेदेखि प्रतिनिधिसभाको अधिवेशन चालू रहेको थियो ।