वैशाख महिनाभरि सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

No Images Found

काठमाडौंः आज बसेको मन्त्रिपरिषद् बैठकमा सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

उनकाका अनुसार कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको काठमाण्डौ उपत्यका, पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्जलगायत सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बालबालिका उच्च जोखिममा परेपछि आजको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने पनि निर्णय गरेको छ ।

यस्तै, रात्रिकालीन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेको छ । रातिको समयमा डान्सबार, दोहोरी साँझ लगायतलाई बन्द गर्ने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिएका छन्। साथै, बैठकले मन्दिरमा नित्यपूजा बाहेक अन्य पूजा र भीडभाड रोक्ने पनि निर्णय गरेको छ ।

रंगशालामा खेल खेलाउन दिए पनि दर्शकलाई भने रोक्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।