सकुशल पृथ्वीमा फर्किए अन्तरिक्ष यात्री

No Images Found

काठमाडौंः छ महिना पछि तीनजना अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट सकुशल पृथ्वीमा फर्किएका छन् । यीमध्ये दुई रुसी तथा एक अमेरिकी नागरिक हुन् ।

सोयुज अन्तर्राष्ट्रिय यान शनिबार अन्तर्राष्ट्रिय समयानुसार चार बजेर पचपन्न मिनेटमा कजाकस्तानको स्पेटीजमा ओर्लिएको थियो । यसमा नासाका केट रुबिन्स तथा रुसका सर्गेइ रझिकोभ तथा सर्गेइ कुद स्वेरचकोभ फर्किएका हुन् ।

रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका प्रमुख दमित्री रागजिनका अनुसार यानबाट उत्रिएपछि तीनै जनाको अवस्था ठिक छ । साथै उनीहरुले आफूहरुलाई गुरुत्वको हिसाबमा ढाल्न सुरु गरिसकेका छन् ।

यात्रीहरुले आफ्नो अनुभव एकदमै राम्रो रहेको पनि बताएका छन् । यी तीन यात्रीहरु १४ अक्टोबरमा पृथ्वीको तल्लो कक्षमा चक्कर काटिरहेको प्रयोगशाला परिसरमा पुगेका थिए । त्यहाँ उनीहरुले अन्तरिक्षसँग सम्बन्धित अध्ययन गरेका थिए । अहिले अन्तरिक्ष स्टेशनमा सातजना यात्री रहेका छन् ।