२४ घण्टामा थपिए १२८१ कोरोना संक्रमित, आठको मृत्यु

No Images Found

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार १ नमूनाको पिसिआर परीक्षण र ५४७ जनाको एन्टिजेन परीक्षण भएको थियो। यसमध्ये पिसिआर विधिबाट एक हजार २ सय २७ जना र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा २५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै देशभर ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ९१ जना पुगेको छ ।

हाल क्वारेन्टिनमा ८१ जना छन् भने सक्रिय संक्रमितको संख्या ७ हजार २५४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा प्रदेश १ मा ४८ जना, २ मा ६५, वाग्मती प्रदेशमा सबैभन्दा धेरै ७६१, गण्डकीमा ६४, लुम्बिनीमा २०५ र सुदूरपश्चिम प्रदेशमा ८४ जना छन् । कर्णाली प्रदेशमा भने २४ घण्टामा संक्रमित देखिएका छैनन् ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।