इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प

No Images Found

एजेन्सीः इन्डोनेसियाको पश्चिमी क्षेत्रमा ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

मंगलबार नियासमा गएको उक्त भूकम्प १० किलोमिटरको गहिराइमा गएको थियो । उत्तरी सूमात्रामा ५ दशमलब ९ म्याग्निच्यूडको भूकम्प गएको केही बेरमै पछिल्लो भूकम्प गएको हो ।

भूकम्पका कारण कति क्षति भयो भन्ने विवरण आइसकेको छैन । इन्डोनेसियामा २०२१ सुरु भएपछि मात्रै साना-ठूला गरी सयौँ भूकम्पको झट्का गइसकेका छन् । पछिल्लो ३० दिनमै ६ म्याग्निच्यूड र यसमाथिका ४ वटा भूकम्प गए । त्यस्तै ५ देखि ६ म्याग्निच्यूडका भूकम्प १८ वटा गएका थिए ।