एउटै विद्यालयमा ३९ जना संक्रमित फेला

No Images Found

बागलुङः बागलुङको एक विद्यालयका शिक्षक र विद्यार्थी गरेर एकैदिन ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ नगरपालिका– १४ बलेवास्थित जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमित भेतिएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुएका छन्। संक्रमितलाई घरमै सुरक्षित रहन भनिएको छ ।

यता संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भने पनि विद्यालय बन्द गर्नेबारे नगरपालिकाले अझै निर्णय गर्न सकेको छैन। संक्रमण बढेपछि अभिभावकले विद्यालय बन्द गर्नु पर्ने माग गरेका छन् ।