मंगलबार सुनको मुल्यमा सामान्य गिरावट

No Images Found

काठमाडौंः मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट आएको छ । सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन चाँदी ब्यबसायी महासंघले जनाएको छ। तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।