६२ रन हाने पछि बाहिरीए कुशल भुर्तेल

No Images Found

काठमाडौंः नेपालका ब्याट्सम्यान कुशल भुर्तेल मंगलबार भएको नेदरल्यान्ड्स विरूद्धको खेलमा ६२ रन हानेर आउट भएका छन्। यसअघि उनले मलेसिया विरुद्ध अविजित ६१ रन बनाएका थिए ।

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच जारी त्रिकोणात्मक टी(२० सिरिजमा भुर्तेल खेलेका तीनै खेलमा अर्धसतक हानेका छन्।

४६ बल खेलेका कुशलले ८ चौका र १ छक्काको मद्दतले ६२ रन बनाएको थिए। उनलाई नेदरल्यान्ड्सका भिभियन किंगमाले आउट गरेका हुन्।