एकैदिन थपिए २३५१ संक्रमित, १०५१ जना उपत्यकामा मात्रै

No Images Found

काठमाडौंः पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बताएको छ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुने मध्ये एक हजार ५१ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्। जुन ४४.७ प्रतिशत हो। जसमध्ये काठमाडौं जिल्लाका मात्र ७८६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।