मकवानपुरमा सवारी दुर्घटना हुदा एकको मृत्यु, एक जना घाइते

No Images Found

मकवानपुरः मकवानपुरको मनहरी खरङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गतको मनहरी गाउँपालिका–९ खरङ्गामा बा २ ख ९०२९ नम्वरको ट्रकले सोही दिशाबाट गइरहेको ना १ प ८४२६ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार हेटौंडा उपमहानगरपालिका–१९ गुम्बाडाँडा बस्ने वर्ष ३० का गुणसिह वाइवा रहेका छन् ।

त्यस्तै दुर्घटनामा मोटरसाइकलमा नै सवार उदयपुर घर भएका वर्ष २७ का मुकेश परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताएका छन् । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइते पुरुषको हेटौँडा ११ स्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ भने मृतकको शव हेटौँडा अस्पतालमा राखिएको छ ।