योगेश भट्टराई सुटुक्क प्रधानमन्त्री निवास बालुवाटारमा

No Images Found

काठमाडौंः नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । नेता भट्टराई बुधबार दिउँसो अध्यक्ष तथा प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् । पार्टी एकताको रक्षाका लागि सबैलाई समेटेर अगाडी बढ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको उनले बताए ।

ओलीसँगको भेटमा भट्टराईले तिता मिठा कुरा विर्सेर पार्टी फुटबाट जोगाउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ । अध्यक्ष ओलीले मंगलबार मात्रै नेता माधव कुमार नेपालसहित केन्द्रका २७ सहित प्रदेशका ५ जना सांसदलाई स्पष्टिकरण सोधेका थिए । पछिल्लो समय भट्टराई, गोकर्ण विष्ट समेतका नेताहरु पार्टी एकता जोगाउन सक्रिय रहेका छन् ।