आफैंले बोकेको भरुवा बन्दूक पड्किँदा एकजनाको मृत्यु

No Images Found

विराटनगरः मोरङमा वन्यजन्तुको शिकार खेल्न गएका एक पुरुषको भरुवा बन्दूक पड्किदा मृत्यु भएको छ । केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो ।

शिकार खेल्न साथीहरुसँग जंगल गएका राईको आफैंले बोकेको भरुवा बन्दूक पड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार गजेन्द्र राई र रुविन लिम्बूसँग उनी बुधबार राति शिकार खेल्न केराबारी–३ कै बाघदले जंगलमा पुगेका थिए । गजेन्द्र र रुविन आफैंले इलाका प्रहरी कार्यालय केराबारीमा आएर घटनाका बारेमा प्रहरीलाई जानकारी गराएका थिए । दुवै जनालाई नियन्त्रणमा लिएर घटनाका विषयमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।