ओली र नेपालबीचको छलफल वार्ता सम्पन्न

No Images Found

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा दोस्रो दिनको भेटवार्ता सकिएको छ।

काठमाण्डौको एक होटलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको एक घण्टाभन्दा लामो समय छलफल भएको हो । यसअघि दुई नेताले होटलको झ्यालबाट धरहरा हेरिरहेको तस्बिर सार्वजनिक भएको थियो।

फुटको संघारमा पुगेको एमालेलाई एक राखिराख्न ‌ओली र नेपालबीच वार्ता भइरहेको छ। आजको वार्तामा केके कुराकानी भयो भन्ने विस्तृत विवरण बाहिर आउन बाँकि छ। आजको बैठकमा पनि नेपालले फागुन २८ गते ओ‌लीले गरेका निर्णय फिर्ता गरेर २०७५ जेठ ३ अघिको अवस्थामा फर्कनु पर्ने अडान दोहोर्‍याएका थिए।