ओली र नेपालबीच दोस्रो भेटवार्ता हुदैँ

No Images Found

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ।

नक्सालको मेरियट होटलमा ओली र नेपालबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिएका छन् । ओली र नेपालबीच आज हुने वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय गर्ने भएकाले यसलाई निर्णायक ठानिएको छ ।

बुधबार साँझ अध्यक्ष ओली र नेता नेपालबीच दुई घण्टा भेटवार्ता भएपनि ठोस सहमति जुट्न सकेको थिएन । दुवै पक्षले अडान नछोड्दा बुधबारको वार्ता फलदायी बन्न नसकेको उनीहरु निकत पार्टीकै नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेता माधव नेपालसहितका नेताहरुलाई पटक पटक स्पष्टीकरण सोध्दै पार्टीको साधारण सदस्य र सांसद पदबाटै हटाउने चेतावनी दिँदै आएका थिए। माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी बनाइरहेको छ । तर पार्टी एकता जोगाउन मध्यम तहका नेताहरुले अध्यक्ष ओलीलाई सुझाव दिएका छन् ।