पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण पुष्टि

No Images Found

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२८ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार एक पीसीआर परीक्षणमा २३ सय ६५ र चार सय ४७ एन्टिजेन परीक्षणमा ६३ जना गरेर २४ घण्टामै २ हजार ४२८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९२ हजार १५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या ३ हजार ११७ पुगेको छ । हाल आइसोलेसनमा १२ हजार ६९० जना र क्वारेन्टिनमा ८१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ ।