प्रधानमन्त्रीद्वारा पार्टी कार्यालय भवनको शिलान्यास

No Images Found

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित मदननगरमा नेकपा एमालेको पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बल्खुस्थित मदननगरमा भूकम्पबाट भत्केको पार्टी कार्यालय रहेको जग्गामा नयाँ भवन निर्माणका लागि एमाले अध्यक्ष समेत रहेका ओलीले आज विहान शिलान्यास गरेका हुन्।

मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेका स्थानमा बन्ने नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ।