कोरोना संक्रमित भारतीय नागरिकले एम्बुलेन्सबाटै हामफाले

No Images Found

काठमाडौंः कोरोना पोजेटिभ रिपोर्ट देखिएका ३ जना भारतिय नागरिकले आईसोलेसनमा लैजान खोज्दा एम्बुलेन्सबाटै हामफालेका छन् ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट नेपाल प्रवेश गरेका ९ जना भारतीय नागरिकमाथि एन्टीजेन परीक्षण गर्दा उनीहरु तीन जनामा कोरोना संक्रमण पाइएको हेल्थ डेस्कका ईन्चार्ज दिनेश ठकुल्लाले बताएका छन् ।उनीहरु कैलालीको गोदावरी नगरपालिकामा काम गर्न भन्दै त्रिनगर भन्सार नाकाबाट प्रवेश गरेका थिए ।उनीहरुलाई धनगढी उपमहानगरपालिका–१५ मा रहेको आईसोलेसनमा लैजान खोज्दा कनरी जंगल हुँदै भागेको ठकुल्लाले बताए ।

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि काम गर्ने बहानामा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ । सीमा नाकामा कडाइ नहुँदा भारतीयहरु धमाधम नेपाल प्रवेश गरिरहेका हुन् । उनका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिन पुलको वारीतर्फ नै एम्बुलेन्स रोकेको समयमा ती संक्रमित भागेका हुन् ।

त्रिनगर भन्सार नाकाबाट बुधबार र बिहीबार मात्र एक हजार ४६५ जना नेपाल प्रवेश गरेका छन् । तीमध्ये ७८५ जनाको एन्टीजेन परीक्षण गर्दा ११९ जनामा कोरोना पोजेटिभ देखिएको ठकुल्लाले बताए ।

उनका अनुसार संक्रमित हुनेमा १० जना महिला र १०९ जना पुरुष छन् ।