मोटरसाइकल चोरीको आरोपमा धरानबाट २ जना पक्राउ

No Images Found

सुनसरीः प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा धरानबाट २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका ८ बुद्दमार्गका रोशन मास्के र धनकुटा साँगुरीगढी गाउँपालिका ८ तातोपानी बस्ने रवि राई रहेका छन ।

उनीहरुलाई धरान उपमहानगरपालिका(१९ स्थित सडकबाट पार्किङ गरी राखेको को १८ प ३९७९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धरान उपमहानगरपालिका(२० स्थित सुन्तले भन्ने ठाउँमा सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा बुधबार उनीहरुलाई धरानबाट बिष्णुपादुका हुदै धनकुटातर्फ चोरी गरि लैजादै गरेको अवस्थामा उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरिएको हो ।

चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।