सुनको भाउ तोलामा पाँच सयले गिरावत

No Images Found

काठमाडौंः व्यापारिक कारोबारको अन्तिम दिन आज शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । बिहीबार तोलमा दुई सयले बढेर ९२ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार तेजावी सुनको भाउ ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । बिहीबार एक हजार तीन सय ३५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ शुक्रबार एक हजार तीन सय २० रुपैयाँ तोकिएको छ ।