आज सुनको मुल्यमा सामान्य गिरावट

No Images Found

काठमाडौंः आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य फेरी घटेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४०० रुपैयाँले घटेको हो ।

यो सँगै आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।