आरोहणदलका अधिकृतलाई फिल्डमा जान पर्यटन विभागको आग्रह

No Images Found

काठमाडौंः हिमाल आरोहणका दौरानमा खटिएका सबै सम्पर्क अधिकृतलाई फिल्डमा जान पर्यटन विभागले आग्रह गरेको छ । विभिन्न बाहनामा तोकिएको हिमालको आधार शिविरसम्म नपुगी फर्कने प्रवृत्ति सम्पर्क अधिकृतमा रहेको भन्दै विभागले यस्तो आह्वान गरेको हो ।

अहिले सगरमाथासहितका हिमालमा सयौं आरोही र उनीहरुका सहयोगी पुगिसकेका छन् । ती आरोहीको निगरानी र सरकारी संयन्त्रका रुपमा सम्पर्क अधिकृतहरु खटाइएका हुन्छन् । यो वर्ष करिब साढे चार दर्जन सम्पर्क अधिकृत विभिन्न हिमालमा खटिएका छन् ।