दिल्लीमा लकडाउनको अवधि पुनः एक हप्ता थप

No Images Found

एजेन्सीः भारतको राजधानी नयाँ दिल्लीमा लकडाउनको अवधि एक हप्ताका लागि थप गरिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले आगामी सोमबार बिहान ५ बजेसम्मका लागि लकडाउन जारी रहने जानकारी दिएका हुन् । उनले संक्रमण रोक्न लकडाउन अन्तिम हतियार भएको बताएका छन् । यसअघि दिल्लीमा गत १९ अप्रिलदेखि लकडाउन शुरु भएको थियो जुन अप्रिल २६ बिहान ५ बजेसम्म जारी रहने थियो ।

केजरीवालले आइतबार पुनः अक्सिजनको कमीको मुद्दा उठाएका छन् । उनका अनुसार केन्द्रसँग ४९० मेट्रिक टन अक्सिजन माग गरिएकोमा सो हालसम्म प्राप्त नभएको बताएका छन । दिल्लीमा दैनिक ७ सय मेट्रिक टन अक्सिजन आवश्यक रहेको उनको भनाइ रहेकोथियो ।