निर्माणाधिन पुलबाट त्रिशुलीमा खस्दा एक मजदुरको मृत्यु, ७ जना घाइते

No Images Found

काठमाडौंः तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुलबाट खस्दा एक जना मजदुरको मृत्यु भएको छ। पुल निर्माणका लागी बनाएको खट भत्किँदा भारत घर भएका ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो ।

दुर्घटनामा परेर ७ जना मजदुर घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवनका एसपी ओम अधिकारीले बताएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मृतक यादव भारतको बेतियाका हुन् । त्यहाँ १४ जना मजदुर कार्यरत थिए ।

आइतबार विहान त्रिशुलीमा मजदुर खसेको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।