भारतमा एकै दिन थपिए ३.५ लाख संक्रमित

No Images Found

एजेन्सीः भारतमा कोरोनाको दोस्रो लहर झन् झन् खतरनाक हुँदै गइरहेको छ । शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ । हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो । भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो ।

यस्तै, एक दिनमा २,७६१ मानिसहरुको कोरोनाका कारण ज्यान गुमेको छ । सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ । यहाँ ६७६ मानिसहरुले ज्यान गुमाएका छन् । यस्तै दिल्लीमा ३५७ को मृत्यु भएको छ ।

भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेकाहरुको संख्या २६ लाख बढी भएको छ । हाल भारतमा २६ लाख ७४ हजार २८७ बिरामीको उपचार भइरहेको छ । शुक्रबार सक्रिय संक्रमितको संख्यामा १ लाख ३० हजार १९९ वृद्धि भएको छ ।