आज थपिए ३५५६ संक्रमित, १२ जनाको मृत्यु

No Images Found

काठमाडौंः नेपालमा पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ३ हजार ५५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २९३ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

यस्तै आज ३७८ जना निको भएका छन् । थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरी सक्रिय संक्रमित संख्या २२ हजार ४३४ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । मृतक संख्या ३ हजार १७६ पुगेको छ ।