काठमाडौंमा मास्क नलगाउने माथि कारबाही थालियो

No Images Found

काठमाडौंः प्रहरीले कोरोनाभाइरस संक्रमण फैलिँदै गर्दा काठमाडौंमा मास्क नलागाइ हिँड्नेमाथि कारबाही थालेको छ ।

सोमबार मात्रै प्रहरीले मास्क नलगाउने १३२५ जनालाई नियन्त्रणमा लिएर केहीबेर होल्डमा राखेर सम्झाइबुझाइ गरे पछि छाडेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी काठमाडौमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोमबार बिहान मास्क नलगाई हिँड्ने ३२२ महिला र १००३ पुरुष गरी १३२५ जनालाई केही समय होल्ड गरी सम्झाइबुझाइ गरेर छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिएका छन् ।