अब कतार जानेहरुको हकमा ४८ घण्टाको पीसीआर रिपोर्ट मात्रै मान्य हुने

No Images Found

अब कतार जान यात्रुहरुलाई कोरोना परीक्षण गरेको ४८ घण्टाको पीसीआर रिपोर्टमा मात्रै मान्य हुनेछ । कतारको दोहामा रहेको नेपाली दूतावासका अनुसार कतार जाने नेपाली कामदारको हकमा पनि यस्तो व्यवस्था लागु गरिएको छ ।

कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट आउने यात्रुका लागि कडा नियम बनाइएको छ । यी सबै देशबाट आउने यात्रु अनिवार्य १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेकाइनिस क्वारेन्टिनमा बस्नुपर्नेछ ।

यस अगाडी ७२ घण्टा भित्रको रिपोट भएमा आउन वा जान पाउने ब्यवस्था भएतापनी कोारेनाको संक्रमित संख्या दिनप्रतिदिन बढ्न थालेपछि ४८ घण्टाको रिपोट मात्र मान्य हुने बनाएको श्रोतको जानकारी छ । कतारलाई ट्रान्जिट बनाएर अन्य मुलुकमा यात्रा गर्ने यात्रुको साथमा समेत कोभिड नेगेटिभ आएको रिपोर्ट हुनुपर्छ ।

आफ्नो गन्तव्य मुलुकका लागि अर्को पीसीआर रिपोर्ट चाहिएमा कतारी रियल ३०० तिरेर हमाद अन्तर्राष्ट्रिय विमानस्थलमै पीसीआर परीक्षण गर्न सकिने भएको छ । यो नियम बिहीबारबाट कार्यान्वयनमा आउने भएको छ ।