एकै दिनमा देशभर ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुग्यो

No Images Found

काठमाडौंः बितेको २४ घण्टामा काठमाडौंमा मात्रै १६०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बाँकेमा पनि ५१५ जनामा संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ३८३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दाङमा २३० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वाथ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर भने ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।