सुर्खेतमा सेनाको ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु

No Images Found

काठमाडौंः सुर्खेतमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

वीरेन्द्रनगरस्थित नेपाली सेनाको हवाई अड्डानजिकै ब १ ग ३४८९ नम्बरको ट्रकले महिलालाई ठक्कर दिएर मृत्यु भएको हो।

मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर १२ की ५० वर्षीया मनिकला सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिएका छन्।

बजारबाट ब्यारेकभित्र जाँदै गरेको सेनाको ट्रकले सोमबार साँझ पौने ७ बजे ती महिलालाई ठक्कर दिएको हो। ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको डिएसपी घर्तीले जानकारी दिएका छन्।

घटनापछि स्थानीय आन्दोलित बनेका छन्। सेनाको ब्यारेकतर्फ जाने बाटोमा उनीहरूले सवारी साधन चल्न नदिएको उनले बताए छन्। मृतकको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।