आगोमा जलेर एक बालकको मृत्यु

No Images Found

काठमाडौंः महोत्तरीमा आगोमा जलेर एक बालकको मृत्यु भएको छ ।

महोत्तरी पिपरा गाउँपालिका–५ का श्रवण यादवका सातमहिने छोरा आकाशकुमार यादवको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।

मंगलबार राति ९ बजेतिर श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक सुतिरहेको बेला ओछ्यान नजिकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किएको थियो । आगोले शरीरको दाहिने भाग जलेर बालक गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।