देशभर ४ हजार ८९७ जना नयाँ कोरोना संक्रमित थपिए, १७ को मृत्यु

No Images Found

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

१३ हजार ८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । यी संक्रमितमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७५ सय ७३ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ सय ७३ जना निको हुँदा संक्रमण मुक्त हुनेहरुको कुल संख्या २ लाख ७९ हजार २७९ पुगेको छ ।

यो अवधिमा १७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २११ पुगेको छ ।