बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, सपथ आजै हुने

No Images Found

काठमाडौंः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सिफारिस गरेका छन् ।

त्यस्तै सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरिएको हो । थपिएका मन्त्रीहरुको सपथ आजै दिउँसो ४ बजेका लागि तोकिएको छ ।