रोल्पामा भीषण आगलागी, ५० घर-गोठ जलेर नस्त

No Images Found

रोल्पाः रोल्पामा आगलागी हुँदा एउटा गाउँ नै ध्वस्त भएको छ । मंगलबार साँझ सामुदायिक वनमा अचनाक लागेको आगोले त्रिवेणी गाउँपालिका वडा २ को पिराले ध्वस्त भएको हो ।

आगलागीबाट ५० भन्दा बढी घर र गोठ जलेको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले जानकारी दिएका छन् । उनको अनुसार सोमबारबाट सामुदायिक वनमा आगो लागेको थियो । उक्त आगो नियन्त्रणमा लिन नसक्दा बस्तीमा पसेको हो ।

आगलागीबाट १२ गाइवस्तुसहित २० भन्दा बढी चौपाय, अन्न, लत्रता–कपडा सबै जलेको प्रशासकीय अधिकृत केसीले बताएका छन् । तर मानवीय क्षति भने नभएको उनको भनाइ छ । क्षतिको एकिन विवरण आउन अझै बाँकी रहेको छ ।

सामुदायिक वनमा फैलिएको आगो अझै नियन्त्रणमा आउन नसकेको र अझैँ २५ घर आगलागीबाट जोगाउन नसकीने उनले बताएका छन् । मंगलबार राति आगो केही नियन्त्रणमा आएपनि अहिले पुनः सो क्षेत्रमा ठूलो आगालागी भइरहेको उनको भनाइ छ । अहिले टुनिखोला सामुदायिक वन, मुलाबारी सामुदायिक वन, रामपुर सामुादायिक वन, सल्लेरीडाँडा सामुदायिक वन र ठाडो लेख सामुदायिक वन क्षेत्रमा आगो फैलिसकेको उनले जानकारी दिएका छन् ।

अझै आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगो नियनन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी, जनप्रतिनिधि निरन्तर खटिरहेको बताइएको छ । आगलागीबारे जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराइसकेको प्रशासकीय अधिकृत केसीले बताएका छन् ।