सुरक्षा निकायमा पनि कोरोना संक्रमण

No Images Found

काठमाडौंः नेपाल प्रहरीको प्रधान कार्यालयका ४० जना अधिकारीमा कोरोना संक्रमण पुस्टी देखिएको छ ।

प्रहरीका उच्च अधिकारीहरुसहितलाई संक्रमण पुष्टि भएको छ । अघिल्लो वर्ष पनि प्रहरी प्रधान कार्यालयको सवारी शाखाबाट कोरोना फैलिएको थियो ।

हाल देशभर ९२ जना प्रहरी कर्मचारीमा कारोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये अधिकांश उपत्यकामा कार्यरत छन् । साढे ३७ हजार प्रहरीले कोरोना भाइरसविरुद्धको खोप लगाइसको छन् ।

सशस्त्र प्रहरी बलमा पनि ३० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु उपत्यका र ७ नम्बर प्रदेशमा कार्यरत छन् ।