कोरोना संक्रमणबाट धनगढीमा एक महिलाको मृत्यु

No Images Found

कैलालीः कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिएकी छिन् ।