निषेधाज्ञा अवधिभर काठमाडौं महानगरद्वारा निःशुल्क एम्बुलेन्स सेवा

No Images Found

काठमाडौंः काठमाडौं महानगरपालिकाले निषेधाज्ञा अवधिभर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । अस्पतालमा जानुपर्ने महानगरपालिकभित्रका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिन लागिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजश्वर ज्ञावालीका अनुसार ११८० र १०२ नम्बरमा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने छ ।

महानगरपालिकाले यसअघिदेखि नै महानगरका वृद्ध नागरिकका लागि यस्तो सुविधा दिँदै आएको छ ।