पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारियो

No Images Found

काठमाडौंः कोरोना भाइरसबाट सङ्क्रमित पूर्वरानी कोमल शाहलाई आईसीयू (सघन उपचार कक्ष) मा राखेर उपचार थालिएको छ । अक्सिजनको मात्रा अत्यन्तै कम देखिएपछि शाहलाई आईसीयूमा सारिएको हो ।

उनको शरीरमा अक्सिजनको मात्रा निकै कम भएपछि ‘हाई–फ्लो अक्सिजनको सपोर्ट’ मा आईसीयूमा राखिएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिएका छन् । शरीरमा अक्सिजनको मात्रा निकै घटेपछि हाई–फ्लो अक्सिजनको सपोर्टमा राखिन्छ । हिजो बेलुकादेखि पूर्वरानी कोमललाई आईसीयूमा सारिएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको भने स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता बास्तोलाले बताएका छन् । उनका अनुसार ज्ञानेन्द्र शाहलाई पनि अक्सिजन दिइएको छ । छोरी प्रेरणालाई भने अक्सिजनको आवश्यक्ता नपरेको अस्पतालले जनाएको छ ।